नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
nepalsamaya.com · Fri Jun 05 01:20:18 GMT 2026
नवलपरासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)