विश्वमा फिल्म बनाउने प्रतिस्पर्धा : निर्माणमा भारत पहिलो, कमाइमा चीन
ratopati.com
एक तथ्याङ्कअनुसार विश्वमा वर्षेनी ५ लाख फिल्म बन्छन् । भारतमा मात्र एक वर्षमा २४०० पूर्ण लम्बाइका (दुई घण्टा भन्दा लामो) फिल्म बन्छन् । सन् २०२१ मा विश्वभर फिल्मको बजार २१.४ अर्ब डलर रहेको छ । यो रकम फिल्मले वर्षभरि प्रदर्शनमा आउँदा कमाएको कुल रकम हो । र तथ्याङ्क कोरोना महामारी सुरु भएपछिको हो ।
विश्व फिल्म बजारमा चीनको हिस्सा मात्र ७.३ अर्ब अमेरिकी डलर छ, अर्थात विश्व फिल्म बजारको झण्डै एक तिहाई हिस्सा चीन एक्लैको छ । पहिलो स्थानमा रहेको चीनमा वर्षमा औसत ८५० फिल्म प्रदर्शन हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)