गलत विषादीका कारण जुटबाली नष्ट
gorkhapatraonline.com · Fri Jun 12 06:35:43 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको विषादीका कारण एक किसानको एक विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको जुटबालीमा क्षति पुगेको आरोप लागेको छ।
भोक्राहा नरसिंह गाउँपालिका–५ का किसान आलम अन्सारीले जुटबारीमा उम्रिएको घाँस नियन्त्रण गर्न भन्दै खरिद गरिएको विषादी छर्किएपछि घाँससँगै जुटबालीसमेत सुकेर नष्ट भएको गुनासो गर्नुभएको छ। उहाँले करिब तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)