मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुलाकीको ‘नाच सुवा नाच…’ रिलिज

rajdhanidaily.com · Mon Mar 13 23:35:27 GMT 2023

काठमाडौं । आगामी नयाँ वर्ष १ वैशाखबाट रिलिज गरिने भनिएको चलचित्र ‘बुलाकी’को पहिलो गीत सोमबार रिलिज गरिएको छ । नाच सुवा नाच…बोलको गीतको भिडियोमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ ।

यस गीतमा सीडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)