स्वतन्त्र १२ हजारभन्दा बढी उम्मेदवार
thahakhabar.com
काठमाडौं : स्थानीय तहको निर्वाचनमा १२ हजार ७ सय ८९ स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ। तीमध्ये १० हजार ८ सय ४५ पुरुष र १ हजार ९ सय ४४ जना महिलाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्।
स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ४ सय, अध्यक्षमा १ हजार ३५, उपप्रमुखमा ३ सय ९८, उपाध्यक्षमा ३ सय ६७, वडाध्यक्षमा ५ हजार ९ सय २०, महिला सदस्यमा ७ सय ६४, दलित महिला सदस्यमा ४ सय ७६ र सदस्यमा २ हजार ४ सय २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)