मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राज्यले किनेको २४ लाख खोपको हिसाब छैन

ekantipur.com · Wed Jan 19 00:40:25 GMT 2022

काठमाडौँ — महामारीमा जीवनरक्षक मानिएको कोभिडको खोप वितरण तथा अभिलेखमा सरकारको गम्भीर कमजोरी देखिएको छ । राज्यको ढुकुटी खर्चेर तथा मित्रराष्ट्रले अनुदानमा दिएकोमध्ये २४ लाख खोप अभिलेखमा नभेटिएको स्वयं स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्विकारेका छन् । तर यो बेथिति कसरी भयो र त्यसको जिम्मेवार को हो भन्नेमा छानबिनसमेत भएको छैन ।

हालसम्म सरकारले खरिद गरेको १ करोड २० लाख मात्रा खोप नेपाल आएको छ, त्यस्तै अनुदानबाट २ करोड ८३ लाख ८८ हजार ८ सय ४० डोज आएको छ । यसरी अहिलेसम्म ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप नेपाल आएको छ । मंगलबारसम्म २ करोड ८३ लाख २२ हजार आठ खोप लगाइएको सरकारी अभिलेख छ । यो हिसाबले अहिले भण्डारमा १ करोड २० लाख ६६ हजार ८ सय ३२ डोज खोप हुनुपर्ने हो । तर अहिले भण्डारमा करिब ८४ लाख मात्र छ । यसरी ३६ लाख ६६ हजार खोप अपुग छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)