अल्पमार्गमै अस्ताए पत्रकारिताका उज्ज्वल नक्षत्र
annapurnapost.com · Wed Mar 20 01:04:47 GMT 2024
वीरेन्द्रनगर : सानैदेखि सिर्जनशील व्यक्तित्व। आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने उनको स्वभाव। आफ्नो, परिवार र समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भएका रुकुमपूर्वका अन्नपूर्णकर्मी विक्रम परियार सोमबार राति बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा परी सधैंका लागि अस्ताए।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुमालबाराका परियारले २०७५ चैत ३० गतेबाट रुकुमबाट प्रकाशित रेखदेख साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका थिए। रेखदेख साप्ताहिकमा आबद्ध हुँदाका सम्पादक प्रवीण ददेलले भने, ‘उनी पत्रकारिता गर्ने तीब्र इच्छाशक्ति बोकेर पत्रिकाको कार्यालयमा आएका थिए। मैले पनि केही गर्न सक्ने युवा भनेर काम गर्ने अवसर दिएँ।’ उनले करिब २ वर्ष रेखदेख पत्रिकामा काम गरेको ददेलले बताए। पत्रकार परियार निकै इमान्दार, लगनशील र सिर्जनशील रहेको उनले स्मरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)