मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

barnanmedia.com · Sat May 17 22:19:33 GMT 2025

गलकोटमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो । रु १४ लाख लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिले रु १५ लाखमा पूर्वाधार निर्माण गरी सेवा सुरु गरेको हो ।

पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिनलगायत अत्यावश्यक उपकरण दिएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)