एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
barnanmedia.com · Sat May 17 22:30:18 GMT 2025

गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले आज संसार देख्ने दिन । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभयो । त्यतिबेलासम्म आँगन खचाखच भरिसकिएको थियो । उहाँजस्तै आँखाको पट्टि खोल्न अरु ४८ जना पालोमा बसिसकेका थिए ।
आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उहाँको पालो सबैभन्दा पछि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)