भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
ratopati.com · Thu Mar 06 17:47:00 GMT 2025

बुटवल । विद्युतीय चुरोट (भेप) को अवैध कारोबार गरी कर छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । काठमाडौँको डाई मण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।
उनीहरु विरुद्ध मुद्दा दायर गरिएको उच्च अदालत तुलसीपुरका विवेक घिमिरेले रातोपाटीलाई बताएका छन् । कानुनी प्रक्रिया पूरा गरी भन्सार पास गरेर ल्याए पनि ४० प्रतिशत भन्सार, ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट गरी ९३ प्रतिशत कर लाग्ने र खरिद मूल्यको झन्डै दोब्बर मूल्य पर्ने भएकोले पनि कर छली गर्न तस्करहरू उद्धत देखिएको अनुसन्धानमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)