दक्षिण कोरियाले चीनबाट छोटो समयका लागि आउनेहरूमाथि प्रतिबन्धन लगाउने
baahrakhari.com · Fri Jan 27 17:24:00 GMT 2023
सोल । दक्षिण कोरियाले फ्रेब्रुअरीको अन्त्यदेखि चीनबाट छोटो समयका लागि आउनेहरूमाथि प्रतिबन्धन लगाउने भएको छ । चीनको चान्द्रिक नयाँ वर्षको बिदा पछि त्यहाँ कोभिड–१९ को संक्रमण स्थिति भयावह हुनसक्ने चिन्ताका कारण सोलले यो कदम उठाउन लागेको हो ।
जनवरीको सुरुमै दक्षिण कोरियाले चीनस्थित आफ्नो कूटनीतिक नियोगबाट अधिकांश छोटो समयका भ्रमणका लागि भिसा जारी गर्न छोडेको हो । चीनमा कोरोना भाइरसको भयावह स्थितिलाई लिएर यो कदम चालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)