फाइनलको निर्णायक ‘मौसम’
ekantipur.com · Mon May 01 00:50:44 GMT 2023
काठमाडौँ — एसिया कप छनोट आधार रहेकाले एसीसी प्रिमियर कप क्रिकेटको सोमबार हुने फाइनल नेपाल र यूएईका लागि बहुप्रतीक्षित हुनुपर्ने हो । मौसम प्रतिकूलताका कारण त्यो जोस र उत्साह दुवै टोलीमा देखिँदैन । न त प्रशंसकमै त्यो हतारो रहेको पाइन्छ ।
सबैको कारण एउटै छ र प्रश्न पनि त्यही छ, के फाइनल खेल होला ? खेल हुनेमा ढुक्क हुने स्थिति केही छैन । खेल नै नहुने र भएमा सुपर ओभर मात्र हुने डर र त्रास दुवै टोलीमा छ । खेल नै नहुने अवस्था रहेमा नेपाल भाग्यमानी बन्नेछ । तर सुपर ओभर भएमा दुवै टोली निश्चित हुन सक्ने अवस्था छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)