मोहनबगानसँग पराजित हुँदै बाहिरियो मछिन्द्र
deshsanchar.com · Wed Aug 16 16:16:25 GMT 2023
काठमाडौं- एफसी कप छनोटको प्ले अफ चरणबाटै नेपाली टोली मछिन्द्र बाहिरिएको छ। बुधबार राति भएको खेलमा मछिन्द्र क्लब भारतको मोहन बगान सुपर जायन्टसँग ३-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानले सहज जित निकाल्द पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थप्न सफल भयो। गत साता प्लेअफ चरणको पहिलो खेलमा भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्रले मोहन बगानसँगको भेट पक्का गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)