तनावग्रस्त बरहथवा कर्फ्यूपछि सुनसान, प्रहरीको गोलीले मृत्यु भएका शाहको शव सडकमै
nepalpress.com · Fri Jan 05 16:08:29 GMT 2024
जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड र आगजनीमा उत्रेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे । सोही क्रममा प्रहरीले गोली चलाउँदा साहको मृत्यू भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)