मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्मीको महिला टोली सेमिफाइनलमा

nayapatrikadaily.com · Thu Jan 12 01:01:00 GMT 2023

त्रिभुवन आर्मी क्लबको महिला टोली सातौँ एनभिए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । राखेपको कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि सोझो ३–० को सेटमा जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरेको हो । सेमिफाइनल पुग्ने आर्मी तेस्रो टोली बनेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सम्मिलित आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सहज जित निकाल्यो ।

आर्मी समूह ‘बी’बाट लगातार दुई जित निकाल्दै एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको दुई खेलबाट ६ अंक छ । अर्काे विभागीय टोली एपिएफ क्लबको एक खेलबाट तीन अंक रह्यो । लगातार दोस्रो हारपछि गण्डकी अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको छ । गण्डकी र कृष्ण सेकेन्डरी एकेडेमीले अंक जोड्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)