काठमाडौँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु
nepalkhabar.com · Sat May 17 23:40:34 GMT 2025

काठमाडौँको कागेश्वरी मनोहरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।
शनिबार साँझ कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा बा ६० प १७९५ नम्बरको मोटरसाइकललाई बा प्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)