मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्याम्पस पढाउन अब लाइसेन्स

ekantipur.com · Sat Aug 26 01:02:19 GMT 2023

काठमाडौँ — उच्च शैक्षिक संस्थाअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान र क्याम्पसमा पठनपाठन गराउन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षण सञ्चालन निर्देशिका जारी गर्दै विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा शिक्षण गर्नुपूर्व परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको हो । विज्ञहरूको सुझावका आधारमा निर्देशिका जारी गरेर अनुमतिपत्र लिने व्यवस्था गर्न लागिएको आयोगका अध्यक्ष देवराज अधिकारीले बताए ।

उच्च शिक्षामा राष्ट्रिय योग्यता परीक्षण (निट) लागू गर्न आयोगले अर्थ मन्त्रालयसँग सहमति मागेको छ । मन्त्रालयबाट सहमति पाएलगत्तै परीक्षा सञ्चालन गरिने अधिकारीले बताए । विद्यालय तहमा शिक्षक बन्न हाल स्थायी अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन र लाइसेन्स वितरणको काम गर्दै आएको छ । उच्च शिक्षाको हकमा आयोगले यस्तै व्यवस्था लागू गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)