चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सेवा शुरू
abhiyandaily.com
चितवन । चितवन मेडिकल कलेज (सीएमसी)मा कलेजो प्रत्यारोपण सेवा शुरू भएको छ । कलेजले २०७६ सालमा कलेजो प्रत्यारोपणका लागि लाइसेन्स प्राप्त गरे पनि आइतवारदेखि सेवा शुरू गरेको हो ।
बिहीवार पत्रकार सम्मेलन गरी कलेजले यसबारे जानकारी दिएको छ । चैत ८ गते भरतपुर महानगरपालिका–१० की ५४ वर्षीया धनकुमारी लामाको सफल रूपमा कलेजो प्रत्यारोपण गरिएको जानकारी उनले दिए । लामालाई उनकी छोरी ३४ वर्षीया उषा तामाङले कलेजो दान दिएकी थिइन् । शरीरमा कुनै असर नपर्ने आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको उनले बताए । १२ घण्टा लगाएर कलेजका विशेषज्ञ डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रवीण जोशी, डा. जयन्तकुमार साह र डा. अभिषेक भट्टराईसहितको टोलीले शल्यक्रिया गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)