निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका
ratopati.com · Tue May 19 11:21:46 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो।
यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)