प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन
rajdhanidaily.com · Tue May 19 11:26:09 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ। आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।
अनुमोदन भएपछि अब उनको नाम राष्ट्रपति समक्ष सिफारिस हुनेछ। मंगलबार बिहानबाट बसेको समितिको बैठकले एकैदिन १६ वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशमाथि पनि छलफल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)