मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंजामा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

gorkhapatraonline.com · Fri Jun 12 06:53:37 GMT 2026

जुम्लाको ऐतिहासिक सिंजा क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकले बैंकको शाखा सञ्चालनमा ल्याएको हो । सिंजा गाउँपालिकामा आयोजित कार्यक्रममा सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले शाखा कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको छ ।

सिंजा गाउँपालिका–३ नराकोटमा स्थापना गरिएको शाखाले सिंजासहित हिमा, कनकासुन्दरी तथा आसपासका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । अब स्थानीयले खाता सञ्चालन, निक्षेप संकलन, कर्जा सुविधा, रेमिट्यान्स तथा विद्युतीय भुक्तानी लगायतका सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)