भरतपुरमा देउसी –भैलो नखेल्न अनुरोध
canadanepal.com · Thu Oct 31 16:28:00 UTC 2024

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर ६ ले यो वर्ष देउसी भैलो नखेल्न वडावासीलाई अनुरोध गरेको छ। वडा अध्यक्ष कृष्ण लाल श्रेष्ठले सूचनामार्फत देशको विसम परिस्थिथिका कारण यसपालि देउसी भैलो जस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।
श्रेष्ठका अनुसार, असोज ११ र १२ गतेको अविरल वर्षाले देशमा बाढी र पहिरो जस्ता प्राकृतिक विपद् ल्याएको छ, जसले गर्दा ठूलो मात्रामा जनधनको क्षति भएको छ। उनले भने, ‘देशमा ठूलो विपद् भएको छ, सयौँ मानिसले ज्यान गुमाए, कयौँ घाइते भएका छन् र धेरै अझै पनि हराइरहेका छन्। यस्तो परिस्थितिमा मनोरञ्जनका लागि खेलिने देउसी/भैलो नखेल्न हामीले सबै संघसंस्थालाई अनुरोध गरेका हौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)