मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपाधि रक्षाको बाटोमा महिला टिम

ekantipur.com · Mon Dec 27 01:55:54 GMT 2021

काठमाडौँ — चौथो खेलमा आइतबार उज्वेकिस्तानलाई सहज सेटमा पराजित गरेपछि नेपाली महिला टिम एक खेलअगावै एसियन सेन्ट्रल जोन वुमेन्स भलिबल च्यालेन्ज कपको फाइनल पुगेको छ ।

सोमबार किर्गिस्तानसँग हुने अन्तिम खेलबाट लिग चरण विजेताको टुंगो लाग्नेछ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद सुरवार्दी राष्ट्रिय इन्डोर रंगशालामा साबिक विजेता नेपालले उज्वेकिस्तानमाथि ३–० को सेटमा पराजित गर्दा धेरै चुनौतीको सामना गर्नु परेन । यद्यपि बंगलादेश र माल्दिभ्सविरुद्ध जस्तै पूर्ण नियन्त्रित खेल भने थिएन । नेपालले २५–२०, २५–२३, २५–१४ को सेट जित आत्मसाथ गरेको हो । नेपालको सामूहिक प्रदर्शनबाट प्रशिक्षक जगदीश भट्ट पनि सन्तुष्ट देखिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)