बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी स्थगित
ratopati.com · Thu Dec 14 17:17:00 GMT 2023
काठमाडौँ । बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी स्थगित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालले संयुक्त रूपमा हुने बृहत् कोदो प्रदर्शनी स्थगित भएको हो ।
एफएओले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा पुस २ गते हुने भनिएको बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी स्थगित गरिएको छ । केही समयपछि नयाँ मिति प्रकाशन गरिने पनि सूचनामा जनाइएको छ । प्रदर्शनीमा कोदोजन्य बालीका बिउ, जात, ज्ञान, प्रविधि, सिप, परिकार, यन्त्र उपकरण आदिको प्रदर्शन हुने जनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)