मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टि ट्वान्टी विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा

saralpatrika.com · Thu Oct 28 14:08:00 GMT 2021

काठमाडौं । एक नयाँ खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघ क्यानले महिला टि ट्वान्टी विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा कविता जोशीले पहिलो पटक राट्रिय टिममा स्थान बनाइन् ।

छनोट हुन सफल खेलाडीमा डली भट्ट, सिता राना मगर, सरिता मगर, ज्योती पान्डे, करुणा भन्डारी, इन्दु बर्मा, सरस्वती चौधरी, कविता कुँवर , संगीता राई, सवनम राइ, काजल श्रेष्ठ र अप्सरी बेगम छन् । सरस्वती जिएम, ममता चौधरी , अस्मिना कर्माचार्य र रोमा थापा बैकल्पिक खेलाडीका रुपमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)