शुभ इन्टरनेशल शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक, २० प्रतिशत शेयर सर्वसाधरणमा ल्याउँदै
arthadabali.com · Fri Jun 26 11:11:34 GMT 2026

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीबीच शेयर निष्काशन तथा बिक्री व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)