पाँचौँ वर्षमा शिलापत्र– निष्पक्ष र निर्भीक पत्रकारिताप्रति दृढता
shilapatra.com · Fri Feb 10 00:37:44 GMT 2023
व्यावसायिक पत्रकारिताका चार वर्ष सफलतापूर्वक पूरा गरी शिलापत्र डट कम आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा हामी हाम्रा समस्त पाठक, दर्शक तथा शुभचिन्तकसँग खुसी साट्न चाहन्छौँ ।
बितेका चार वर्ष हाम्रा लागि उत्साहप्रद रहे । सँगै, चुनौतीले पनि पछ्याइरह्यो । खासगरी, कोभिड १९ को विश्वव्यापी महामारी र त्यसले उत्पन्न गरेको मानवीय संकटले बितेका दुई वर्ष आमजनजीवन अस्तव्यस्त रह्यो । अर्थतन्त्र संकटोन्मुख बन्यो, जुन अहिले पनि कायमै छ । यस्ता तमाम बाधा र चुनौतीलाई पन्छाउँदै शिलापत्र अघि बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)