तिहारमा गुञ्जिन्छन् यी कालजयी गीत, जुन अहिलेको पुस्तामा पनि निकै लोकप्रिय छन्
deshsanchar.com · Thu Oct 31 18:08:59 UTC 2024

काठमाडौँ- उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ। घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ।
‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ। पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ। अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)