मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी राजदूतको दाबी : ‘सबै नेपाली स्वदेश फर्कन इच्छुक छैनन्’

ekantipur.com · Thu Mar 21 01:17:06 GMT 2024

काठमाडौँ — रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका ३२ नेपालीले ज्यान गुमाइसकेका छन् । ५ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । नेपाल सरकारले रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गर्न लगातार आग्रह गरिरहेको छ । तर रुसी राजदूत एलेक्सेई नोभिकोभले भने नेपालीहरू आफैं स्वदेश फर्कन इच्छुक नभएको दाबी छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीहरू घर फर्कन भिडियो वा अन्य सम्पर्कबाट पहल गरिरहेका छन् । साथै, नेपालमा रहेका उनीहरूका परिवारजनले आफ्ना घरका सदस्यलाई ल्याइदिन २६० जनाले निवेदन दिइसकेका छन् । रुसी राजदूत नोभिकोभले बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको बताएका हुन् । राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको उल्लेख गर्दै भारत र दुबईको बाटो भएर नेपाली रुस पुगेर त्यहाँको सेनामा भर्ना भएको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)