चरेशसहित पूरी पक्राउ
lokaantar.com · Tue Jan 24 00:33:37 GMT 2023
थाक्रे गाउँपालिका –२ समनटारबाट अवैध लागूऔषध चरेश करिब ८ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका –८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार प्रिहरीले पक्राउ गरेको छ ।
पालुङबाट महादेवबेशीतर्फ आउँदैगरेको बा.५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा उनलाई सो लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)