मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने संकेत

barnanmedia.com · Thu Mar 19 19:15:00 GMT 2026

इरानमाथि युद्ध थालेको बीसौँ दिनमा अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने संकेत गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्यूजलाई ट्रम्प प्रशासनले इरानबाट पहिले नै बगिरहेको तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाउन सक्ने बताएका हुन् ।

इरानमाथि अमेरिकी प्रतिबन्धहरू लगाइए पनि इरानले केही देशहरूलाई गोप्य रूपमा वा विशेष माध्यमबाट तेल बेच्न जारी राखेको छ। अब अमेरिकाले बजारमा पहिले नै प्रवेश गरिरहेको तेलमाथिको प्रतिबन्धलाई अस्थायी रूपमा कम गर्ने विचार गरिरहेको छ । जसले गर्दा आपूर्ति स्वतन्त्र रूपमा बढ्न सक्छ र मूल्यहरू घट्न सक्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)