मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली चेतावनीपछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

kendrabindu.com · Sat Oct 14 00:48:30 GMT 2023

हमास र इजरायल बीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ। अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरूलाइ चेतावनी दिएको थियो । सो लगत्तै प्यालेस्टाइनीहरु दक्षिण गाजातर्फ सरेका हुन ।

समाचार अनुसार इजरायलले ११ लाख मानिसहरूलाई उक्त ठाउँ छोड्न चेतावनी दिएको थियो तर हमासले इजरायली चेतावनीलाई झुटो प्रचार भनेको छ र मानिसहरूलाई कतै नजान आग्रह गरेको छ। इजरायलले गाजा नजिकै करिब तीन लाख सैनिक तैनाथ गरेको कारण युद्ध थप आक्रामक बन्दै गएको देखिन्छ । इजरायली ट्याङ्कहरू पनि गाजा नजिक तैनाथ गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)