नेटोको अर्को निशाना चीन : स्टोल्टेनबर्ग
ratopati.com
चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् ।
सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एसिया प्रशान्तका साझेदारहरु जस्तै– अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान र दक्षिण कोरियालाई पनि सम्मेलनमा आमन्त्रित गरिने जनाए । हालको सुरक्षा संकटको विश्वव्यापी प्रभाव रहेको पनि उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)