मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मर्यादित श्रमको सुनिश्चिततामा जोड

gorkhapatraonline.com · Tue Dec 19 00:53:44 GMT 2023

काठमाडौँ, पुस ३ गते । ‘आप्रवासी योगदानको कदर र अधिकारको सम्मान’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको साताव्यापी कार्यक्रम सोमबारदेखि सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले सोमबार विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

दिवसका मूल समिति संयोजक एवं श्रम मन्त्रालयका सचिव भण्डारीले आप्रवासी श्रमिक र उनीहरूका परिवारका सदस्यको अधिकार सुनिश्चितका लागि हरेक वर्ष डिसेम्बर १८ मा आप्रवासी दिवस मनाउने गरेको जानकारी दिनुभयो । त्यसो त आप्रवासी श्रमिकमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)