कांग्रेस नेता प्रदीप गिरिकाे निधन
annapurnapost.com · Sat Aug 20 17:49:00 GMT 2022
काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ। क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उनका सहयोगी मन्दिप भारतीले राससलाई जानकारी दिए।
उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)