चौँरी बिक्री नभएपछि किसान चिन्तित
nayapatrikadaily.com · Sat Aug 20 00:40:00 GMT 2022
फक्ताङलुङ गाउँपालिका–६ का छोवाङ शेर्पाले साढे दुई वर्षअगाडि किनेका एक सय चौँरी तथा याकहरू अहिले दुई सय पुगेका छन् । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि चौँरीका बाछा र चौँरी बिक्री नभएको हो ।उनले साढे दुई वर्षअघि एक सय चौँरी चीनतर्फ लगेर बेच्नका लागि प्रतिगोटा ६५ हजारका दरले ६५ लाखमा किनेका थिए । तर, चाैँरी किनेपछि कोरोनाका कारण चीनतर्फ लाने नाका बन्द भएपछि अहिले बढेर दुई सय पुगेका छन् ।
उनका मात्र होइन, घुन्साका डन्डु शेर्पाका पनि चौँरी गाईहरू बढेर २५ देखि ५० पुगेको बताउँछन् । नाका बन्द हुनुभन्दा अगाडि घुन्सा, ओलाङचुङगोला, याङ्मा साथै याम्फुदिनमा एक हजार पाँच सयजति चौँरी रहेकामा अहिले ओलाङचुङगोलामा मात्र एक हजार पाँच सय चौँरी रहेको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)