स्रोत नखुलेको ८ लाख रकमसहित पक्राउ
ratopati.com · Fri Jun 12 07:19:34 GMT 2026

काठमाडौँ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।
निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)