राष्ट्रसङ्घीय विज्ञद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा
gorkhapatraonline.com · Fri Jun 12 07:17:40 GMT 2026

संयुक्त राष्ट्रका विज्ञहरुको समूहले अफगानिस्तानको पश्चिमी शहर हेरातमा महिलामाथि गरिएको दमनको निन्दा गर्दै प्रतिबन्धको विरोधका क्रममा कम्तिमा दुई जना व्यक्तिको मृत्यु भएको बताएको छ ।
पछिल्लो समयमा हेरातको प्रहरीले शनिबार दर्जनौँ महिलालाई शरीर पुरै छोप्ने लुगा चादर वा बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाइएको छ । यी नियमको विरोधमा भएको प्रदर्शनलाई बलपूर्वक तोडि एक जना प्रदर्शनकारीलाई गोली हानेर मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । प्रत्यक्षदर्शीले प्रदर्शन नियन्त्रण गर्न सुरक्षा बलले गोली चलाएको बताएका छन् तर प्रहरीले कुनै पनि हतियार प्रयोग भएको कुरा अस्वीकार गरेको एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)