खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरी हुँदा किसान चिन्तित
nagariknews.nagariknetwork.com · Fri Jun 12 07:13:09 GMT 2026

सिरहाको गोलबजार नगरपालिका-१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौँ किसान प्रभावित भएका छन्। खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ।
किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताए। ‘ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)