अर्थमन्त्रीको बचाउ गर्दै सांसद सुनारले भने, ‘नाक कहाँ पर्छ भनेर छानविन समिति बनाउन जरुरी छैन’
annapurnapost.com · Fri Jun 12 07:08:24 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको करको दर हेरफेरका विषयमा भएको टिकाटिप्पणी र आलोचनाको विरोध गर्दै बचाउ गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद सुनारले अर्थमन्त्री वाग्लेले सबै संवैधानिक प्रक्रिया पुरा गरी गरेको कर्मलाई लिएर गरिएको टिकाटिप्पणीलाई सुन्दा जायज नभएको बताए । उनले यो व्यवस्था तीन तरिकाले चल्ने बताउँदै एउटा यसको विधि विधान हुने, अर्को अन्तराष्ट्रिय मान्यता हुने र तेस्रो परम्परा हुने बताए ।
आफूले गरेको कुनै पनि काम परम्परामा आधारित हुने, त्यहि परम्परामा टेकेर पुरानाले गरेको त्रुटीलाई सच्याइएको कर्मप्रति गरिएको टिकाटिप्पणीप्रति आफूहरुको गम्भिर ध्यानाकर्ष भएको बताए । सांसद सुननारले व्यतिगत रुपमा अर्थमन्त्री वाग्लेमाथि गरिएको टिप्पणी र लगाइएको आरोपप्रति आफूहरु गम्भिर रहेको बताउँदै सांसद सुनारले सदनमार्फत ध्यानाकर्ष गराउन चाहेको बताए । उनले भने, ‘घाम जस्तै छर्लङ भएको कुरालाई नाक कहाँ पर्छ भनेर छानविन समिति बनाउन जरुरी छैन, नाक यहिँ पर्छ भन्ने सबैलाई जानकारी होस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
स्वर्णिम वाग्ले