बाँसको र्याक बनाएरै जीविकोपार्जन
ratopati.com · Thu Oct 31 20:15:00 UTC 2024

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका छन् ।
लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्याकको माग गर्ने भएकाले उनको दैनिकी र्याक बनाउनमै बित्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)