लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु
ratopati.com · Wed Nov 19 18:49:00 GMT 2025

सिरहा । यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताए ।
करिब रु ५० लाखको लागतमा निर्माण हुने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । लहानमा बढ्दो जनघनत्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दैनिक रूपमा हुने यात्रुको चापलाई धान्न वर्षौँदेखि पर्याप्त र आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो । शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले भने, “यहाँ सार्वजनिक शौचालयको आवश्यकता अत्यन्तै बढेको छ । अब हामी सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्दैछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)