वीरमा सखारै सेवा
annapurnapost.com · Mon Jul 17 00:48:59 GMT 2023
काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर खुल्छ, ८ बजेबाटै उपचार सेवा सुरु हुन्छ । आइतबार मात्र ३ हजार १ सय बिरामीले बिहान ८ बजेदेखि नै टिकट काटेका छन् । सोमबारदेखि बिहान ७ बजे नै टिकट काउन्टर खुल्ने बताउँछन् अस्पतालका निर्देशक डा. पौडेल । भन्छन्, ‘टिकट काट्नेदेखि जाँच र शल्यक्रिया सेवासमेत बिहानैदेखि सुरु गरिएको छ ।’
अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरे पनि सेवाग्राहीले उपयोग गर्न भने सकेनन् । दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको डा. पौडेलले जानकारी दिए । ‘टिकटका लागि सेवाग्राहीहरू रातिबाटै लाइन लाग्न बाध्य भएको पायौं,’ निर्देशक डा. पौडेलले भने, ‘सेवालाई सहज बनाउन अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्यौं । तर, उपचार गर्न आउनेहरू सूचनाप्रविधिमैत्री भएको पाइएन । बिरामीहरूको अनलाइन सेवामा पहुँच नभएपछि बिहानै टिकट वितरण सुुरु गरेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)