म्यानमार सैन्य ‘कू’ : आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुग्यो
Ujyaaloonline.com · Tue May 25 00:37:17 GMT 2021
काठमाण्डाै - म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ । हिजो तीन जनाको ज्यान गएको हो ।
गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म आन्दोलन भइरहेको छ । सैनिक सरकारले अहिलेसम्म चार हजार दुई सय ९६ जनालाई पक्राउ गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)