अनुतिन पुनः थाइल्यान्डका प्रधानमन्त्री
barnanmedia.com · Thu Mar 19 21:25:00 GMT 2026

क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको नयाँ संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । यसले देशलाई जटिल चुनौतीहरूको सामना गर्दै नयाँ राजनीतिक चरणमा प्रवेश गराएको छ । संसदीय मतदानमा उहाँले आवश्यक २५० मतको सीमा पार गर्दै स्पष्ट समर्थन हासिल गर्नुभएको एएफपीको गणनाले देखाएको छ ।
मतदानअघि सञ्चारकर्मीसँग कुरा गर्दै अनुतिनले आफू सकेसम्म लामो समयसम्म जनताको सेवा गर्ने अवस्थामा रहने आशा व्यक्त गर्नुभएको थियो । जनतालाई असर गर्ने कुनै पनि समस्या आएमा तुरुन्त प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफ्नो नेतृत्वलाई व्यावहारिक र उत्तरदायी बनाउने सङ्केत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)