मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको रकमसहित पक्राउ

nepalnews.com · Fri Jun 12 07:21:27 GMT 2026

काठमाडौँ। स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो।

निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)