ओलीको सचिवालयले भन्यो- चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भयो, पत्रका के छ हेरिएको छैन
setopati.com · Thu Mar 25 17:13:00 GMT 2021
नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ बिहिबार दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।
यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ‘चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भएको छ’, रिजालले भने, ‘पत्रका के जवाफ लेख्नुभएको छ हेरिएको छैन।’ यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उनीहरूले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)