मछिन्द्रलाई विराट गोल्डकप
ekantipur.com · Sat Apr 06 17:20:12 UTC 2024
विराटनगर — मछिन्द्र फुटबल क्लबले अतिरिक्त समयमा सांग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराएर शनिशार सहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिवार रातिको खेलमा निर्धारित समयमा दुवैबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ११३ औं मिनेटमा छिरिङ गुरुङ र ११९ औं मिनेटमा युसुप थपलियाले गोल गर्दै मछिन्द्रलाई उपाधि दिलाए । मछिन्द्रले ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)