मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

ratopati.com

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताए । उनले निर्वाचनरुपी प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)