धितोपत्र कारोबारमा ‘एओएन’को प्रावधान हट्यो
abhiyandaily.com
असार १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबारमा विक्रीतर्फको अल अर नन् (एओएन) फिचर हटाएको छ । नेपाल धितोपत्र बोर्ड र १९ बुँदे कार्यान्वयन समितिबीचको पहिलो बैठकमा एओएन फिचर हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार नेप्सेले असार १९ गतेदेखि लागू हुनेगरी उक्त प्रावधान हटाएको हो ।
यसअघि खरीदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो । खरीद तथा विक्रीमा एओएन अप्सन राखेर ठूलो माग वा विक्री देखाएर ठूला लगानीकर्ताले बजारलाई प्रभावित बनाउने गरेको पाइएपछि बोर्डले यसको अध्ययन गरेको थियो । सोहीअनुरूप उक्त प्रावधान हटाइएको बोर्डका एक अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)